कुर्सीबाट रोडमा पुगेका भीम रावलका दिन गएः मन्त्री आले
2021/01/01, 9:00
 
rajniti

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताएका छन् ।  नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनले जनताको चाहना  र अपेक्षानुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नुपर्छ भने । उनले भने, “हामीले जन भावनाअनुसार काम गर्नुपर्ने छ, हामी जुट्नुको विकल्प छैन ।”

मन्त्री आले प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावलमाथि खनिए । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका आलेलाई नै गाली गर्न अधिकांश समय बिताए । ‘भीम रावल कुर्सीबाट रोड पुगेका छन् । आफू सत्ता बाहिर हुँदा राष्ट्रियताका ठूला कुरा गर्ने, पदमा रहँदा चुँईक्क नबोल्ने रावलका दिन अब सकिए ।’ आलले भने– ‘ठूलो नेता हुँ भन्ने डाक्टर रावलले पटक पटक सत्तामा पुगेर सुदूरपश्चिमका लागि के गरे ?’ 

मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । “सुदूरपश्चिम प्रदेशका एकैसाथ चार जना मन्त्री भएका छौँ, चारै जना मिलेर यहाँको विकास गर्ने छौँ”, उनले भने ।

मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । “सुदूरपश्चिम प्रदेशका एकैसाथ चार जना मन्त्री भएका छौँ, चारै जना मिलेर यहाँको विकास गर्ने छौँ”, उनले भने । उनले आफ्नो कार्यकालमा देश र  सुदूरपश्चिम प्रदेशको स्मृद्धिका लागि नमूना काम गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले प्रचण्ड–नेपाल समहूका नेताहरुलाई पुनः  प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष ओलीसँगै फर्किएर आउन पनि आग्रह गरेका छन् ।