स्वास्थ मन्त्रालयले २४ हजार आरडीटी किट सुदुरपश्चिम प्रदेशका लागि पठाउँदै (भिडियो सहित)
2020/05/30, 6:36
 
korona

स्वास्थ मन्त्रालयले २४ हजार आरडिटी किट सुदुरपश्चिम प्रदेशका लागि पठाएको छ । सोमबारसम्म धनगढी पुग्ने गरी मन्त्रालयले आरडिटी किट पठाउने तयारी भएको छ ।

भारतबाट पछिल्लो समय हजारौंको संख्यामा नेपालीहरु भित्रिरहेको अवस्थामा आरडीटी किट अभावले परिक्षणमा समस्या हुन थालेपछि २४ हजार किट पठाउने भएको हो । किट अभावले परिक्षण विना नेपाल आउन दिदा कोरोनाको जोखिम हुने भन्दै प्रदेशवासी त्रसित बनिरहेको अवस्थामा किटको उपलब्धतापछि र्यापिड टेस्टलाई तिव्रता दिन सहज हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक साताभित्र थप आइडिटी र पिसिआर किट समेत सुदुरपश्चिम ल्याईने छ ।

कीट आएपछि कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । हाल प्रदेशका विभिन्न जिल्लामा भारतबाट दैनिक हजारौंको संख्यामा नागरिकहरु बिना टेष्ट भित्रिरहेका छन भने उनीहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राखी निगरानी गरिरहेका छन ।