धनगढीमा पहिलो पटक पिटिई कक्षा सञ्चालन
2021/01/04, 2:25
 
pte

धनगढीमा पहिलो पटक पिटिई कक्षा सञ्चालन भएको छ । पिटिई अर्थात प्रस्नल टेष्ट अफ ईङलिसका कक्षाहरु सञ्चालन भएका हुन् । अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि पठाउँदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले पिटिई कक्षा सञ्चालनमा ल्याएको हो । 

पिटिई अर्थात प्रस्नल टेष्ट अफ ईङलिसलाई संसारभरका शैक्षिक संस्थाहरुले मान्यता दिएका छन् । अहिलेको अवस्थामा विद्यार्थीहरुमाझ लोकप्रिय रहेकोले यसको पठनपाठन धनगढीमा सुरु गरेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले जानकारी दिए ।

विद्यार्थीहरुले निकै रुचाएको पिटिईको परिक्षा मिति २४ घण्टा अगाडी बुक गर्न सकिन्छ । परिक्षा दिएको दुई दिनभित्र यसको नतिजा प्राप्त गर्न सकिन्छ । 
उच्च शिक्षाको लागि अष्ट्रेलिया जानेहरुलाई लक्षित गर्दै धनगढीमा ‘एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज’ले सेवा प्रदान गर्दै आएको छ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीको धनगढी शाखाले विद्यार्थीहरुलाई अध्ययन भिसासँगै घुम्न जानेहरुको लागि पर्यटन भिसा र बसाँईसराई भिसाको लागि पनि काम गर्दै आएको छ ।  विद्यार्थीहरुको लागि अष्ट्रेलियामा उत्कृष्ट यूनिभर्सिटीहरुमा अध्ययनको व्यवस्था मिलाउदै आएको कन्सल्टेन्सीले दाबी गरेको छ ।