व्यङग्यः धनगढीबाट नेपाल फेशबुक पार्टीको घोषणा !
2021/01/06, 3:32
 
mailla

अहिले देशमा राजनितिक सरगर्मी बढेको छ । नेकपा पार्टी विभाजनको संघारमा रहँदा पार्टीका नेताहरु एकअर्काको खोईरो खन्न व्यस्त छन् । नेतादेखि कार्यकर्ताहरु तानातान र हानाहानको अवस्थामा पुगेका छन् । तर सामाजिक र राजनितक व्यंग्य गरिरहेकाहरुले वर्तमान राजनितिक सेरोफेरोमै नेपाल फेशबुक पार्टीको घोषणा गर्दै व्यग्य मार्फत तर्क वितर्क गरिरहेका छन् । 

नेपाल फेशबुक पार्टीको अध्यक्षमा गड्सेरी माईलालाई अध्यक्ष बनाईएको छ । उनी राजनितिक विषयवस्तु र सामाजिक विकृति र विसंगति विरुद्ध तिखो व्यंग्य प्रहारका लागि माहिर मानिन्छन् । आफुलाई अध्यक्षमा घोषणा भएपछि उनले पार्टीको घोषणा पत्र बनाउन विभिन्न व्यक्तीहरुलाई जिम्मेवारी दिएका छन् । उनले फेशबुकमै लेखेका यस्तो छन्ः 

नेपाल फेसबुक पार्टीको चुनाबी घाेषणा पत्र तयार गर्न तपसिल अनुसार जिम्मेवारी बाँडफाँड गरिएकाे छ,समय मै आफ्नाे जिम्माकाे नीति पूरा गरि हाम्राे पार्टी लाई अग्रगति प्रदान गरिदिन हुन अनुराेध गर्दछु ।

Sanjay Pant - स्याउले राेड नीति

Kamal Joshi  -पिकनिक नीति

Pravakar Bhandari  -चुट्किला नीति

Chakra Khadayat  -लिफ्ट नीति

काली शर्वरी  -ओशाे नीति

Dhan Bahadur Singh  -पार्टी कब्जा नीति

MP Acharya  -सभा विघटन नीति

Sitaram Bhatta -सुपवि नीति

Dharm Raj Joshi -राहत नीति

Biwash Deepika  -मुस्कान नीति

Ghanshyam Sagar Pant  -बाहुन नीति

Jeetendra Rawal  -रावल नीति

जी भट्ट  -भट्ट नीति

Pachhera Khadga  -ससुराली नीति

Ranjit Tamang  -अविवाहित नीति

Suvash Muskan  -याेग नीति

हिरा भट्ट  -हथौड़ा नीति

मदन भट्ट  -पार्टी फुटाउ नीति

Tez Khadka  -सरकार ढाल नीति

Subash Chandra -साला,साली,जेठी सासू नीति

Yadava Prasad Bhatta  -फ्रेन्च कट दाढी नीति

Tez Bahadur  -लाहुरे नीति

Lok Raj Pant  -टिकटक नीति

Kedar Sitaula  -बुध्दिजीवि नीति

Hembabu Lekhak  -कालापानी -लिपुलेक-लिम्पियाधुरा नीति

Laxmi Prasad Paudel  -लघुकथा नीति

Lakshee Ram Acharya  -संघीय नीति

Qawee Raz Baniya -लब नीति

Bharat Acharya  - पाेखरा नीति

Sheshkant Gautam  -नारा,जुलुस ,प्रदर्शन नीति

राजेन्द्र प्रसाद पन्त -बाँसुरी,हार्माेनियम,तबला नीति

Hari Bhatta  -लाइक,कम्मेन्ट,शेयर नीति

Pramila Lamsal  -सेल्फी नीति

Dhanapati Dhungel  - एनजीओ नीति

Rabin Pant -अर्वान फार्मर नीति

 

फेशबुक पार्टीका अध्यक्ष गडसेरी माईलाले पार्टीको लोकप्रियता बढेको भन्दै एकताका लागि प्रस्ताव आएको पनि उल्लेख गरेका छन् । 

1

गड्सेरी माईलालाई धेरै जनाले काका, बुढा भनेर सम्बोधन गर्ने गरेका छन् । उनीसँग पटक पटक बहस गर्दै आएका हरि भट्टले फेशबुक पार्टीका पदाधिकारीहरु चयन गर्न सुझाव दिएका छन् । 

1

पार्टी खुलेको एक दिन हुन नपाउँदै फेशबुक पार्टीमा रडाको मच्चिन सुरु भईसकेको छ । पार्टीका अध्यक्ष माईलाले एकलौटी रुपमा पार्टी चलाउन खोजेको भन्दै तानाशाह प्रवृति देखाउन थालेको व्यंग्य हुन थालेको छ । धनगढीकै विकास पाठकले उनको कार्यशैली ठीक नभएको भन्दै आफैलाई पार्टीको स्वघोषित अध्यक्ष घोषणा गरेका छन् । 

1

फेशबुक पार्टीका अध्यक्षको कार्यशैली विरुद्ध पार्टीका नेता तथा सदस्यहरुले अध्यक्ष नै नागिंने गरी विरोधका स्वरहरु बढ्दै गएका छन् । आभाष उपाध्यायले आफुलाई सो पार्टीको प्रथम अध्यक्षको रुपमा अगाडी सारेका छन् । 

1

आफ्नो धारणामा कुनै सुनुवाई नभएपछि उपाध्यायले फेशबुक पार्टी परित्याग गर्दै छुट्टै पार्टी घोषणा गरेका छन् । उनले आफुलाई अध्यक्ष बनाएर टिकटक पार्टी खोलेका हुन् । 

1

नेपाली काग्रेंसका नेता समेत रहेका आसुँ व्यंग्यकारको रुपमा चिनिने प्रभाकर भण्डारीले भने फेशबुक पार्टीका अध्यक्ष समक्ष विन्तीपत्र चढाएका छन् । उनले आफ्नो धनगढीमा रथ यात्रा गराउँदै सेरेमोनियल राजाको रुपमा राखि दिन एक रुपैयाँको पैसा सहित बिन्तीपत्र चढाएका हुन् । 

2

आफ्ना पक्ष र विपक्षका तर्क तथा धारणाहरुका साथै एकअर्काको फेशबुक मार्फत नै निर्णयहरु सार्वजनिक गरिरहेका फेशबुक पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो पक्षलाई सहयोग हुने गरी र असहयोग गर्ने गरी कमेन्टहरु पनि लेखिरहेका छन् । 

2

2

3

4

2

1