सुदुरपश्चिममा भारतबाट फर्किएका दुई बालकको मृत्यु, एकको कोरोना रिर्पोट आउन बाँकी, एकको स्वाब संकलन, डोटीमा सुत्केरीको ज्यान गयो 
2020/05/31, 11:05
 
korona

सुदुरपश्चिममा भारतबाट फर्किएका दुई जना बालकको मृत्यु भएको छ । डडेल्धुरा र बाजुराको आईसोलुसनमा वसेका दुवै बालकको मृत्यु भएको हो । उनीहरुमध्ये बाजुराका बालकको कोरोना परिक्षणको रिर्पोट आउन बाँकी रहेको छ भने डडेल्धुराका बालकको कोरोना जाँचका लागि थ्रोट स्बाव संकलन गरिएको छ । 

बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएका एब बालकको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । बुढिगंगा १ का दुई बर्षीय बच्चाको आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए । मृतक बालकको स्वाब संकलन गरेर पिसिआर रिपोर्टका लागि धनगढी प्रयोगशाला पठाईएको छ । पिसिआर रिर्पोट भने आउन बाँकी रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतक शवल रिपोर्ट पछि मात्र के गर्ने भन्ने निर्णय लिने अस्पतालले जनाएको छ ।

बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेसनमा रहेका बालकको अववस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा शुक्रबार साझँ राखिएको थियो ।  ती बालकमा पखाला, ज्वरो, श्वास प्रश्वासको समस्या रहेको चिकित्सकले बताएका छन् । ८ दिन अघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढीगंगा नगरपालिकाको क्वारेनटाईनमा परिवार सहित बसेका बालक बिरामी भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा लगिएको थियो । बालकसँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ । मृत्यु भएका बालक भारतबाट आउने क्रममा बाटोमा बिरामी भएको आफन्तले जनाएका छन् । स्वाब संकलन गरेर तीनै जनाको पिसीआरका लागि धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

यस्तै डडेल्धुरामा क्वारेन्टाईनमा राखिएका एक बालकको पनि मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको मृत्युु भएको हो । गए राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार आमा बाबुसँगै उनी भारतको मुम्बइबाट डडेल्धुरा पुगेका थिए । “उनीहरु राति आएका हुन् । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।’ डीएसपी न्यौपानेले भने, ’हामी कहाँ फोन आयो । बालक गम्भीर बिरामी छ भनेर ।

यताबाट गाडी पठाएर अस्पताल र्पुयाएका थियौं ।’ डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीश चन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थिया । बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए । यसअघि उनी मुम्बई स्थित एक अस्पतालमा उपचाररत थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आज नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको निमित्त मेसु विष्ट जानकारी दिए । 

यस बीच डोटीमा एक सुत्केरीको मृत्यु भएको छ । डोटीको राजपुरमा रहेको सुजङ अस्पताल शल्यक्रिया मार्फत शिशु जन्माएकी सुत्केरीको मृत्यु भएको हो । शुक्रबार शिशुलाई जन्म दिएकी केआईसिह गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया नारु कार्कीको गए राति मृत्यु भएको हो । सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।  अत्यधिक ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि कार्कीको मृत्यु भएको चिकित्सकले बताएका छन् । ती सुत्केरी महिलालृ जन्म दिएको शिशुको अवस्था भने समान्य रहेको छ ।

कार्कीको ज्वरो र श्वास प्रश्वासको समस्याले मृत्यु भएपछि कोरोना परीक्षण गरिने भएको छ । मृतक महिलाको कोरोना परीक्षण गर्नका लागि स्बाव संकलन गरिएको छ । डडेल्धुराका बालक र डोटीका मृतक सुत्केरीको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ । आजै थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाईएको छ ।