‘मुख्यमन्त्रीमा ईच्छा शक्ती नै छैन्, काम गर्न सकिन्न भने कुर्सी छोडे हुन्छ’ – थापा
2020/05/31, 11:40
 
ratan thapa

सुदुरपश्चिम प्रदेश सभा सदस्य रतना थापाले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा काम गर्ने कुनै ईच्छा शक्ती नभएको बताएका छन् । छैठौं प्रदेश सभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्रीलाई काम गर्न गारो भए कुर्सी जोड्न आग्रह गरे ।

‘मुख्यमन्त्रीको ईच्छा शक्ती नै छैन । सकिन्न गारो हुन्छ भने छोड दिने हो । १० किलो वोक्न सक्ने क्षमता छ भने ५० किलो वोकाई दियो भने छोड्ने हो छोड दिए हुन्छ । हामी पनि वसिरहेका केही पनि गरिरहेका छैनौ । नुनको पनि सोझो गरिरहेका छैनौ ।’ थापाले संसदमा भने–‘काम गर्नलाई ईच्छा शक्ती चाहिन्छ । गर्नलाई सवै छ, पैसा पनि छ । ईच्छा शक्ती नै छैन भने यो सरकारलाई के गर्ने हिलोमा गाड्ने की खोलामा लैजाने ? मुख्यमन्त्री भाषण सुन्न पनि आउनु हुन्न हामीले वोलेको सुन्नु हुन्छ की सुन्नु हुन ।’

कुर्सीमा बसेर काम नगर्नेहरु बलात्कार लगायतका जघन्य अपराध गरेकोभन्दा ठुलो अपराध भएको नेकपा कैलालीका अध्यक्ष समेत रहेका थापाले जिकिर गरे । ‘मैले पहिले देखि भन्दै आएको छु, कुर्सीमा बसेर काम नगर्नेहरु बलात्कार हत्या भन्दा पनि ठुला अपराधी हुन् । सांसदले सरकारले केही गरेन भन्ने । मन्त्रीले जवाफ दिने यसले मात्रै हुदैंन । हामीले भाषण सुनेर बस्ने ।’– थापाले भने । 

अहिले विकासभन्दा पनि कोरोनाबाट जनतालाई जोगाउन जरुरी रहेको भन्दै उनले अहिले जनतालाई बचाएर अर्को बर्ष विकास गर्न सकिने उनको भनाई छ ।