सुदूरपश्चिम सबैभन्दा बढी भुकम्पको जोखिममा
सन्दर्भ भुकम्प सुरक्षा दिवसः
2021/01/15, 9:35
 
bhukamp

सुदूरपश्चिममा नेपालकै सवैभन्दा वढी भुकम्पको खतरा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले ठहर गरेको छ । भूकम्पको क्षेत्रमा काम गर्दै आएको समाजले विभिन्न अध्ययनहरुको खोज तथा अनुसन्धान गर्दै नेपालकै सवैभन्दा बढी खतराको स्थानमा राखेको हो ।

रातिको समयमा धनगढीमा भूकम्प आए झण्डै ३ सय मानिसको ज्यान जाने चेतावनी पनि विज्ञहरुले दिएका छन । चार भागमा बाँडिएको नेपालको भूकम्पको नक्सामा सबैभन्दा वढी जोखिममा सुदूरपश्चिम क्षेत्रलाई राखिएको छ ।  भूकम्प आउन सक्ने खतरालाई दिइएको नम्वरमा हिमाललाई ८०, तराईलाई ९०, मध्यभागलाई एक सय र सुदूरपश्चिम क्षेत्रलाई १ सय १० नम्वर दिइएको छ ।

सुदूरपश्चिम भुकम्पीय खतराको पहिलो नम्वरमा रहेको भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल सेनसेटका कार्यकारी निर्देशक भूकम्पविद् आमोदमणि दिक्षित बताए । इण्डियन प्लेट र तिव्बतियन प्लेटको एक आपसमा भइरहेको घर्षणले पनि भूकम्पको झड्का बढी लाग्ने अध्ययनले देखाएको छ । दीक्षितले भने, ‘दुबै प्लेटको सराई बढ्दै जाँदा पनि लामो समयसम्म भूकम्प नआएकोले ८ देखि ९ क्याग्निच्युटसम्मको भुकम्प आउने सम्भावना रहेको छ ।’

नेपालको पश्चिम क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको एक अर्को अध्ययनले पनि देखाएको छ । जियो हजाड्स ईन्टरनेसन नामक एक अन्र्तराष्ट्रिय संस्थाले गरेको अध्ययनले नेपालको प्रदेश नम्बर सात र प्रदेश नम्बर ६ भुकम्प आउन सक्ने सम्भावना रहेको देखाएको हो ।  सुदूरपश्चिममा बझाङ अझ सबैभन्दा बढी खतरामा छ । बझाङलाई केन्द्रवन्दु बनाएर पटक पटक भुकम्पहरु गरिरहेको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । जियोहजाड्स ईन्टरनेसनको सार्वजनिक गरिएको प्रतिवेदनमा पश्चिम नेपालमा भुकम्प जतिबेला पनि आउन सक्ने भन्दै बझाङ जिल्ला सबैभन्दा उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

विगतको भुकम्पको ईतिहास हेर्दा भारतको उत्तराखण्डहरुमा पनि ठूला ठूला भुकम्प गएको र नेपालको मध्य तथा पूर्वी क्षेत्रमा समेत भुकम्प गएकाले नेपालको पश्चिमी पछिल्लो समय ठूलो भुकम्प नगएकोले यस क्षेत्रमा उत्तरी प्लेट र दक्षिणी प्लेटहरु एक आफसमा एकदमै खप्टिएर बसेको र शक्ती समेत सञ्चित भएर बसेकाले जतिबेला पनि ठूलो भुकम्प जान सक्ने सो प्रतिवेदनमा भनिएको छ ।