प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनाउनुपर्ने माग राख्दै श्रममन्त्री चौधरीलाई ज्ञापनपत्र
2021/01/16, 8:00
 
gyapan

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनाउनुपर्ने माग राख्दै श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीलाई ज्ञापनपत्र बुझाईएको छ । सुदूरपश्चिम प्रदेशका बिभिन्न स्थानिय तहमा कार्यरत रोजगार संयोजकहरुले शनिबार श्रममन्त्री गौरीशंकर चौधरीलाई ज्ञापनपत्र बुझाउदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्थानिय तहले अपनत्व नलिएका कारण प्रभावकारी नभएको भन्दै प्रभावकारी योजना बनाउन उनीहरुले माग गरेका हुन् ।

1

श्रममन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले स्थानिय स्तरमा रोजगारीका अबसर बढाई उनीहरुलाई सिपमुलक तालिम संगै सरकारले सहुलियत ऋण लगानी जस्ता दिगो कार्यक्रम बनाउन समेत माग गरेको जोशीपुर गाउपालिकाकी रोजगार संयोजक सुशीला देउवाले जानकारी दिईन् । ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउनलाई मन्त्रालय योजनामा रहेको बताए ।