अन्ततः कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन (सम्झौता-पत्र सहित)
2021/01/17, 9:16
 
kmc

कैलाली बहुमुखी क्याम्पस आईतवार देखि विधिवत रुपमा सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भएको छ। यस अघि त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसको रुपमा रहेको कैलाली बहुमुखी क्याम्पस लामो समयपछि सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भएको हो।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर अम्मराज जोशी,राजिष्टार डाक्टर गोविन्दसिंह विष्ट र कैलाली बहुमुखी क्यामपसका क्याम्पस प्रमुख डाक्टर पदमराज जोशी, क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुर्यबहादुर थापा, उपाध्यक्ष धनगढी उपमहानगरपालिका मेयर नृप वड, समायोजन कार्य दल संयोजक तथा पूर्व अध्यक्ष घनबहादुर शाहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। २०७७ पुस ३ गते सुदूरपश्चिम विश्वविद्यालयको सम्पन्न आठौं साधारण सभाबाट स्वीकृत भएबमोजिम कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमको आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सभाले पहिलो पटक २०७० भदौँ ३० गते कैलाली बहुमुखी क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो।तर कैलाली बहुमुखी क्याम्पसले सुरु देखि नै समायोजनका लागि विभिन्न माग राख्दै आएपनि विविध कारणकाबीच समायोजन हुन सकेको थिएन।