स्केच आर्ट सहितका काम नलाग्ने वस्तुहरुबाट सजाईएको ब्याक प्याकर्स क्याफे सञ्चालनमा (भिडियो सहित)
2021/01/18, 11:45

स्केच आर्ट सहितका काम नलाग्ने वस्तुहरुबाट सजाईएको ब्याक प्याकर्स क्याफे सञ्चालनमा आएको छ । धनगढीको शिवनगरमा दुई जना युवाहरुले मिलेर मः मः, मट्का चिया, सबै किसिमका कफी र कट्टी रोलको सुविधा सहितको ब्याक प्याकर्स क्याफे सञ्चालनमा ल्याईएको हो ।


२० बर्षीय विनोद शाही र विशेष महराले क्याम्पसको पढाईसँगै २० लाखको लगानीमा आफ्नो व्यवसाय पनि सुरु गरेका हुन् । काम नलाग्ने चिजहरुलाई सजाएर फरक शैलीको क्याफे सञ्चालनमा ल्याईएको सञ्चालक विनोद शाहीले बताए ।
ब्याक प्याकेर्समा पुराना टायरहरु, पुराना टीनहरुलाई सजाईएको छ भने बाँसले बनेका भाडाहरु र टे«हरुको प्रयोग गरिएको छ ।
पारिवारिक तथा शान्त वातावरण सहितको क्याफेमा हरेक महिनाको अन्तिम शुक्रबार लाईभ म्युजिकको पनि व्यवस्था गरिएको छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27