सुदूरपश्चिम कोरोना अपडेटः ८ जिल्लाका २८ जना संक्रमित, एकको मृत्यु, ६ निको, २१ जनाको उपचार हुदैं (भिडियो सहित)
2020/05/31, 7:27
 
sup

सुदूरपश्चिममा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको छ । परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएपछि नेपालभित्रै संक्रमित सुदूरपश्चिमवासीको सङख्या २८ पुगेको हो । संक्रमितहरुमध्ये एक बालिकाको मृत्यु भएको छ भने ६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

५ जना सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन् भने एक जना बलम्बुको कोभिड –१९ अस्पतालबाट डिस्चार्ज भएका हुन् । १९ जनाको सुदूरपश्चिमकै विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई जनाको भने सुर्खेत र कालिकोटमा उपचार भईरहेको छ । यस्तै बाजुरामा दुई बर्षिय बालिकाको आज बिहान मृत्यु भएकोमा मृत्युपछि गरिएको परिक्षणमा उनमा कोरोना रहेको पुष्टि भएको छ । संक्रमित मृतक बालिकाकी आमाको भने बाजुरा अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै आजै कैलालीका थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ३७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी कैलालीमा १३, बैतडीमा ५, बाजुरा र अछाममा तीन तीन, दार्चुला, बझाङ, कञ्चनपुर र डडेल्धुरामा एक एक जनामा कोरोना पुष्टि भएको हो । डोटी जिल्लामा भने कसैमा पनि संक्रमण पुष्टि नभएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।