सुदूरपश्चिममा क्वारेन्टाईनमा बस्नेको संख्या वढ्दै, हालसम्म ४३ हजार जना क्वारेन्टाईनमा (भिडियो सहित) 
2020/05/31, 8:34
 
sima

सुदूरपश्चिममा झण्डै ४३ हजारलाई क्वारेन्टाईनमा राखिएको छ । कोरोना भाईरसको जोखिममा रहेको भन्दै लकडाउनको अवधिमा भारत लगायतका क्षेत्रबाट फर्किएका झण्डै ४३ हजार छ सय ६२ जनालाई क्वारेन्टाईनमा राखिएको हो ।

क्वारेन्टाईनमा राखिएकाहरुमा अधिकांश पुरुष रहेका छन् । त्यसमा ३८ हजार एक सय ५९ जना पुरुष र ५ हजार ५ सय तीन जना महिला रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

कैलालीमा सबैभन्दा बढी ११ हजार ६ सय ८९ जना, डोटीमा ७ हजार ९०, कञ्चनपुरमा ६ हजार चार सय ९० जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

यस्तै बैतडीमा ५ हजार २१, डडेल्धुरामा तीन हजार ८ सय ११, अछाममा तीन हजार ६ सय ४५, बाजुरामा तीन हजार एक सय ५१ र दार्चुलामा आठ सय ६४ जनालाई क्वारेन्टाईनमा राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।