बझाङमा मोटरसाइकल दुर्घटना भएको छ । बुङ्गल नगरपालिका ३ को गुगल बागथला कच्ची सडकखण्डमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
चालक बुङ्गल नगरपालिका १ दहबगरका ३३ वर्षीय शिवराज जोशीको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बागथलाबाट गुगलतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । मोटरसाइकल सडकभन्दा २ मिटर तल र चालक जोशी भीरबाट २ सय मिटर तल खसेका थिए ।
उनको प्राथमिक स्वास्थ्य चौकी खिरातडीमा सामान्य उपचारपछि थप उपचारका लागि माया मेट्रो अस्पताल धनगढी ल्याइएको प्रहरीले जनाएको छ ।
2024/05/11, 3:25
2024/05/11, 3:19
2024/05/11, 3:15
2024/05/11, 1:39
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/17, 12:44
2022/07/09, 1:54
2023/11/19, 12:42