फिल्म ‘आरआरआर’ असोज २७ मा प्रदर्शन हुने
2021/01/25, 3:13
 
w

‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशन रहेको फिल्म ‘आरआरआर’ असोज २७ मा प्रदर्शन हुने भएको छ । तेलगुसँगै थुप्रै भाषामा रिलिज हुने फिल्म दसैँको अवसर पारेर रिलिज हुन लागेको हो । फिल्म यही वर्षको अक्टोबर १३ मा रिलिज हुन लागेको हो । 

फिल्मको अन्तिम सेड्युल केही दिनअघि मात्र सकिएको थियो । आलिया भट्ट र अजय देवगनले केही दिनअघि मात्र फिल्मको सेड्युल सकाएका थिए । कोरोना भाइरसले सेड्युल यताउति पार्नु अघि यो फिल्म जनवरी ८ मा रिलिज हुने चर्चा थियो । तर, कोरोना भाइरसका कारण सुटिङ रोकिएपछि यो फिल्मको रिलिज पनि प्रभावित भएको हो । 

फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । राजामौलीको निर्देशन रहेको ‘बाहुबली’का दुई सिरिजले  देशविदेश गरी हजार  करोड कमाइ गरेको थियो । यो फिल्मको पनि बजेट ३ सय करोड हाराहारी रहेको छ ।