सुदूरपश्चिमकी सुजल बमको तस्बिर प्रधानमन्त्रीले आफ्नै मोबाइलमा कैद गरेपछि....
2021/01/25, 5:24
 
s

आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भए । त्यहाँ फरक क्षमता भएका बालबालिकाको जमघट थियो । सोही कार्यक्रममा सहभागि थिईन् डोटीकी सुजल बम । बम बहिरा कलाकार हुन् । न उनी बोल्न सक्छिन् न सुन्न ।

तर, उनको हाउभाउ हेर्दा कसैलाई लाग्दैन की उनी फरक क्षमता भएकी हुन् । कार्यक्रममा प्रधानमन्त्री उनीहरुको क्षमताको बयान गर्दै थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सुजल बम । यस्तो थुप्रो साथीहरु हुनुहुन्छ ।’

प्रधानमन्त्रीले नाम उच्चारण गर्लान भनेर बमले कल्पना गरेकी थिइनन् । सुजल बमका बुवा टेक बमले सुजलको तस्बिर प्रधानमन्त्रीले मोबाइलमा कैद गरेको समेत जानकारी दिए ।