
बाँकेको अगैया भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २१ जनना घाईते भएका छन् । भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्ब २ स्थित ठोरिया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् । घाईते २१ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता राजकुमार वैदारले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी ट्रकको पछाडीबाट ठोकिदा घटना घटेको हो । मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा राखिएको छ ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56