सुदूरपश्चिमकी सुजल बमलाई सर्वोत्कृष्ट मोडलको अवार्ड 
2021/01/26, 12:48
 
a

बहिरा कलाकारद्वय सुजल बमलाई लोकगीत ‘बैनी झ्यालैमा’बाट अवार्ड प्रदान गरिएको छ । विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा राजधानीमा सम्पन्न ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा लोकगीततर्फ सर्वाधिक रुचाइएको गीत ‘बैनी झ्यालैमा’ बाट सर्वोत्कृष्ट मोडलको अवार्ड बमलाई प्रदान गरिएको हो । डोटीकी बम बहिरा कलाकार हुन् । न उनी बोल्न सक्छिन् न सुन्न । तर, उनको हाउभाउ हेर्दा कसैलाई लाग्दैन की उनी फरक क्षमता भएकी हुन् ।

कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरू अतिथि रहेको सो अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड संगीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ)लाई अवार्ड प्रदान गरिएको थियो ।