वर्षाले छाडिन् ‘सुदूर’
2021/01/26, 2:58
 
da

कोरोना भाइरसको महामारीले पनि फिल्म निर्माताको फिल्म बनाउने जोसलाई मथ्थर पार्न सकेको छैन । सुटिङ गरेका फिल्म हलमा लाग्छन् कि लाग्दैनन् टुंगो छैन तर निर्माता फिल्म बनाउन कस्सिएकै छन् । योसँग बजारमा कलाकार इन आउटको शृंखला सुरु भएको छ । तर, जहाँ इन आउटको कुरा हुन्छ त्यहाँ वर्षा सिवाकोटीलाई कसले जित्न सक्छ ? 

वर्षाले भर्खरै पनि रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘सदूर’ छाडेको खबर छ । निर्देशक रमेश बुढाथोकीले वर्षाले फिल्म छाडेको पुष्टि गर्दै फिल्म छाड्ने कारण भने वर्षालाई नै सोध्न आग्रह गरे । ‘हो, उहाँसँग काम गर्नेगरि हामीले १ वर्ष अघि नै सम्झौता गरेका थियौं । तर, किन छाड्नु भयो उहाँलाई नै सोधौं,’ बुढाथोकीले भने । 

रमेश बुढाथोकीले अघिल्लो सालको जाडो अगावै यो फिल्मको सुटिङ गर्ने चर्चा थियो । तर, विविध कारणले फ्लोरमा जान सकेका थिएन । उनले फिल्मको बाँकी कुराको टुंगो नभएकाले यो विषयमा पछि मात्र बोल्ने बताए ।