
धनगढीमा भूमिराज मार्ट सञ्चालन भएको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा बुधबारदेखि भूमिराज मार्ट प्रालिले सेवा सुरु गरेको हो ।

मार्टको बुधबार औपचारिक उदघाटन गरिएको छ । डेढ करोडको लगानी गरिएको मार्टको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरे ।

धनगढीमा हार्डवेयर व्यवसाय गर्दै आएका राजेन्द्र चन्दले मार्ट सञ्चालन गरेका हुन् । सबै दैनिक उपभोग्य सामान एकै स्थानमा उपलब्ध गराएर विभिन्न सामानहरु एकै स्थानमा उपलब्ध गराउने गरी मार्ट सञ्चालन गरिएको सञ्चालक चन्दले बताए ।
सञ्चालक चन्दले अन्य ठाउँको भन्दा सस्तोमा सामान दिने दावी गरेका छन् । उनका अनुसार अन्य स्थानहरुमा पनि मार्टका शाखाहरु विस्तार गरिनेछन् ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56