
बझाङमा युवकको हत्यामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ। बझाङको छविसपाथिभेरा गाउँपालिका ३ का तरुण दलका स्थानीय नेता अमृत सिंहमाथि खुँडा प्रहार गरी हत्या गर्ने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कारबाही गर्न कांग्रेसले माग गरेको हो।

मंगलबार २७ वर्षीय सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार खुडा प्रहार गरी हत्या गरेका थिए। हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
