सुदुरपश्चिम फाउण्डेसनद्धारा १५ हजार जनालाई खाना खुवाईयो 
2020/06/01, 8:49
 
sima

सुदुरपश्चिम फाउण्डेसनले झण्डै १५ हजार जनालाई खाना खुवाएको छ । आठ दिनदेखि सीमा र क्वारेन्टाईनमा वसेकाहरु गरी १५  हजार आठ सय ६६ जनालाई खाना खुवाएको फाउण्डेसनका अध्यक्ष भरत शाहले जानकारी दिए ।

कैलालीको धनगढी स्थित त्रिनगर नाका, काठमाण्डौ लगायतका स्थानहरुबाट आएका र विभिन्न क्वारेन्टाईनमा वसेकाहरुलाई खाना खुवाईएको हो । विगत ८ दिनदेखि धनगढीको त्रिनगर नाकामा भोकभोकै पुगेका नागरिकहरुलाई खाना र पानी खुवाइरहेको फाउण्डेसनले कञ्चनपुर स्थित गड्डाचौकी नाकामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत आईरहेका नागरिकहरुका लागि पनि खाना, पानी व्यवस्थापन गरिरहेको छ ।

दुबै सीमा क्षेत्रमा फाउण्डेसनले प्रदेश सरकारको आर्थिक सहयोगमा खाना खुवाईरहेको हो । हालसम्म कैलालीको त्रिनगर नाका लगायतमा गरी १५ हजार जनालाई खाना तथा पानीको व्यवस्थापन गरिएको फाउन्डेसनले जनाएको छ । आईतबार मात्रै नाकामा १८ सय जनालाई खाना खुवाइएको छ ।