वर्षौंदेखि सुस्त गौरवको रानीजमरा कुलरिया सिंचाई आयोजना
2021/01/29, 11:56
 
rani jamara

मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सरकारले २४ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको नाम दिएको छ । तर प्रायः आयोजना लामो समयदेखि पूरा हुन सकेका छैनन ।

ठूला र सबैको चासोमा परेका आयोजनाको प्रगति अति सुस्त छ । त्यसैमध्येको एक हो कैलालीको रानी जमरा कुलरिया सिंचाई आयोजना ।   कैलालीको साविकका आठ गाविसको २० हजार ३ सय हेक्टर कृषीयोग्य भूमिमा सिँचाइ पु¥याउने र ४ दशमलव ७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सहित २०६७÷६८ बाट रानी जमरा कुलरिया सिँचाई आयोजना सुरु भएको हो ।

४९ प्रतिशत प्रगति रहेको आयोजनाको लागत अनुमान २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ छ । त्यसपछि दोस्रो तहमा १८ हजार हेक्टर क्षेत्रफलमा काम गर्ने योजना छ । 

आर्थिक वर्ष २०८०÷८१ मा आयोजना सक्ने लक्ष्य छ । ‘तोकिएको समयमा सक्न हामी प्रयासरत छौं,’ आयोजना निर्देशक केदारकुमार श्रेष्ठले भने, ‘मुख्य नहरको काम सकिएको छ ।’ हाइड्रोपावर र लम्की तर्फ नहर विस्तारको काम जारी छ ।