धनगढीमा ५ करोडको लगानीमा बाल्मिकी स्कुल सञ्चालन हुने
2021/01/29, 6:02
 
school

धनगढीमा ५ करोडको लगानीमा बाल्मिकी स्कुल सञ्चालन हुने भएको छ । धनगढीका २० जना विभिन्न क्षेत्रमा आबद्ध भएकाहरुको लगानीमा आउँदो शैक्षिक सत्रदेखि स्कुल सञ्चालनको तयारी थालिएको हो । 

1

धनगढीको हसनपुरमा सुविधा सम्पन्न विद्यालयको पुर्वाधार निर्माणको कामले तिव्रता पाएको छ । फागुनमा पुर्वाधार निर्माण सम्पन्न गर्दै आगामी नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा पठनपाठन सञ्चालनको तयारी थालिएको हो । 

1

पुरानो गुरुकुल शिक्षा र वर्तमान आधुनिक शिक्षालाई फ्युजन गर्दै बाल्मिकी स्कुललाई सञ्चालनको योजना बनाईएको छ । विद्यालयमा पठनपाठनदेखि खाना नास्ता सहितको सबै सुविधा विद्यार्थीहरुलाई दिईनेछ । 
मन्टेश्वरीदेखि कक्षा १० सम्म विद्यालयमा पठनपाठन हुनेछ ।

3

विहान ८ बजेदेखि साँझको ६ बजेसम्म विद्यालयमा पठनपाठन, पौष्टिक खाना, खेलकुद सहित सबै किसिमका सुविधा विद्यालयभित्रै राख्ने सुविधा रहने एक जना सञ्चालकले बताए । उनका अनुसार पहिलो शैक्षिक सत्रमा झण्डै तीन सय विद्यार्थी भर्ना गर्ने लक्ष्य लिईएको छ । 

3

सुदूरपश्चिम र धनगढीमै सुविधा सम्पन्न स्कुल अभावले अहिले पनि धेरै जनाले आफ्ना छोराछोरीहरुलाई भारतको नैनीताल, देहरादुन तथा काठमाण्डौंका महँगा स्कुलमा पढ्नका लागि पठाउने गरेकोमा त्यसको सट्टा सबै सुविधा धनगढीमै दिने योजनाले बाल्मिकी स्कुल स्थापनाको योजना बनेको हो । 

छोराछोरीलाई आफुभन्दा टाढा राखेर पठाउन पठाउन धेरै वेफाईदाहरु बोकेका अभभिभावक र स्वयम सञ्चालकहरुले अब गुणस्तरीय शिक्षाका लागि अन्यत्र पठाउनु नपर्ने बताएका छन् ।  स्कुलमा १५ देखि बीस पच्चिस हजार मासिक रुपमा शुल्क तिरेर बाल्मिकी स्कुलमा पठाउन सकिनेछ । 
तस्वीरहरुः प्रदीप पाठक, खबरकुञ्ज