६८ औ विश्व कुष्ठरोग दिवसः “कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता”
2021/01/31, 10:57
 
kusta

कुष्ठरोग नियन्त्रण कार्यक्रम

६८ ‌‌ विश्व कुष्ठरोग दिवस

कोरोना महामारीमा हाम्रो संयमता,

समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता

कुष्ठरोग सम्वन्धि तथ्यहरूः

  • कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो
  • ९५ प्रतिशत मानवमा कुष्ठरोगको किटाणुसंग लड्न सक्ने क्षमता (Immunity) हुन्छ
  • यो रोग मानिसबाट मानिसमा सर्छ उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ   (लामो समय भन्नाले कम्तिमा हप्तामा २० घण्टा भन्दा बढी समय सम्म सम्पर्कमा रहने व्यक्ति)
  • शुरूकै अवस्थामा रोगको निदान उपचार गरेमा यो रोग अरूलाई सर्दैन
  • यो रोग बहुऔषधीको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका किटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ
  • समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ अपांगता हुदैंन
  • कुष्ठरोग पनि अरू रोग जस्तै साधारण सरूवा रोग हो
  • यो रोगबाट प्रभावित व्यक्ति पनि देशको नागरिक हुन् उसले पनि सम्मान पुर्वक आफ्नो परिवार समाजमा जीवनयापन गर्न पाउनु उसको अधिकार हो
  • यो रोग उपचारबाट पुर्ण रुपमा निको हुने तथा समयमा उपचार गरेमा अपांगता हुदैन त्यसैले कुष्ठरोगका विरामी प्रभावितलाई सामाजिक भेदभाव नगरौं
 

कुष्ठरोग राष्ट्रिय रणनिति
२०७३-२०७७  (सन् २०१६-२०२०)

परिदृष्य (Vision) : कुष्ठरोग मुक्त नेपाल (Leprosy Free Nepal)

  • सबै जिल्लाहरुमा कुष्ठरोगको प्रकोप दर (Prevalence rate) प्रति १० हजार जनसंख्यामा भन्दा कम गर्ने
  • कुष्ठरोगको नयां विरामीहरुमध्ये बच्चा( देखि १४ वर्ष)हरुमा असमर्थताको तह (Grade II Disability) लाई शून्य बनाउने
  • सबै नयां निदान भएका कुष्ठरोगका विरामीहरुमा तह असमर्थता (Grade II Disability) लाई प्रति १० लाख जनसंख्यामा भन्दा कम गर्ने
  • कुष्ठरोग प्रभावितहरुलाई भेदभाव हुने प्रकारको कानुनी प्रावधानहरुलाई शुन्य बनाउने
5

कुष्ठरोगको वर्तमान अवस्थाः आ. व. २०७६\७७

2

3

4

5

6

चुनौतीहरु

  • कुष्ठरोगका विरामी तथ प्रभावितहरु प्रति सामाजिक भेदभावलाई शून्य बनाउने
  • गुणस्तरिय उपचार सेवाको निरन्तरता
  • रोगको संक्रमणलाई घटाई कुष्ठरोग शुन्य समाज निर्माण गर्ने
  • कुष्ठरोग निवारणको स्थितिलाई दिगो राख्ने
  • प्रभावितहरुलाई समुदायमा आधारित पुनस्र्थापना गर्ने
  • सवै नगर/गाँउपालिकाहरुमा कुष्ठरोग निवारण (प्रति दश हजार जनसंख्यामा भन्दा कम विरामी) गर्ने
  • कुष्ठरोगसंग सम्वन्धित जनशक्तिको व्यवस्थापन
 

सरोकारवालाहरुको भुमिका

  • कुष्ठरोग प्रतिको भ्रम डरलाई हटाउन परिवार समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने
  • कुष्ठरोगको विरामीलाई नियमित उपचार गर्न सल्लाह दिने उपचारको उपलव्धता बारेमा जानकारी गराउने
  • कुष्ठरोगको शंका लागेका विरामीलाई स्वास्थ्य संस्थाहरुमा पठाई रोग निदान उपचारमा सहयोग पुर्र्याउने
  • कुष्ठरोगका विरामी प्रभावितलाई आफ्नो परिवार समुदायमा भेदभाव हुन नदिन रोग बारेमा सत्य तथ्य जानकारी दिने
7