सुदूरपश्चिममा कोरोना शंकास्पद २११ जना अस्पतालबाट डिस्चार्ज गरेर घर पठाईयो, २७ जना आईसोलेसनमा भर्ना (भिडियो सहित)
2020/06/01, 12:28
 
korona

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका दुई सय ११ जना डिस्चार्ज भएका छन । प्रदेश भरीका १४ वटा अस्पतालबाट दुई सय ११ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ८१ जना, डडेल्धुरा अस्पतालबाट २३, बयलपाटा अस्पताल अछामबाट २१ जना र जिल्ला अस्पताल अछामबाट १५ जना डिस्चार्ज भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटी र बझाङबाट १२,१२ जना, महाकाली अस्पतालबाट ९ जना, जिल्ला अस्पताल बैतडी र बाजुराबाट ८र८ जना, टीकापुर अस्पतालबाट ७ जना, गोकुलेश्वर अस्पतालबाट ५ जना, भजनी स्वास्थ्य केन्द्राबाट ४ जना, चौमला स्वास्थ्य केन्द्रबाट जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । निर्देशनालयका अनुसार अहिले प्रदेशभरी २७ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ ।