‘केजीएफ २’ को रिलिज मिति घोषणा
2021/01/31, 1:10
 
dad

 बलिउड स्टार सञ्जय दत्त र साउथ स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र सन् २०२१ को जुलाई १६ मा रिलिज हुने भएको छ । अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि व्यग्र प्रतीक्षामा छन् । हालै रिलिज भएको टिजर पनि दर्शकले निकै मन पराइरहेका छन् । 

सञ्जयले उनको ट्वीटर ह्यान्डलमा चलचित्रको नयाँ पोस्टर सार्वजनिक सार्वजनिक गर्दै लेखेका छन्, “केजीएफ २, १६ जुलाई २०२१ मा वर्ल्वाइड रिलिज हुँदै छ ।” यस्तै, अभिनेता यशले पनि लेखेका छन्, “तपाइँको सिटबेल्ट टाइट गर्नुहोस्, किनभने रिलिज मिति पक्का भइसकेको छ ।”

प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफ : च्याप्टर २’ कन्नड, हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज हुनेछ । यो सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को सिक्लेल हो, जुन निकै हिट भएको थियो ।

च्याप्टर २ मा सञ्जय दत्त अधीराको भूमिका देखिँदै छन् । सञ्जय र यशका साथै रवीना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी महत्वपूर्ण भूमिकामा छन् । नवभारत टाइम्सबाट ।