सुदूरपश्चिमको भाषा र लवज सिक्दै अभिनेत्री स्वस्तिमा
2021/01/31, 1:42
 
ss

अभिनेत्री स्वस्तिमा खड्का आउँदो फागुन दोस्रो हप्ताबाट दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘चिसो मान्छे’ मा काम गर्ने तयारीमा छिन् । यसमा उनी फरक भूमिकामा देखिँदैछिन् । सुदूरपश्चिमको बिकट बाजुराकी एक विपन्न महिलाको भूमिकामा देखिन लागेकी उनी यसका लागि भाषा र लवज सिकिरहेकी छन् ।

उनले पुस्तकदेखि यूट्युबमा भिडियो हेरेर सुदूरपश्चिममा बोलिने भाषा, लवज, रितिरवाज, चालचलन, कला, संस्कृतिको बारेमा सिक्दै र जानकारी लिन थालेकी हुन् । एक हप्तादेखि भने बाजुराकी एक महिलाले उनलाई त्यस ठाउँको भाषा र लवज सिकाइरहेकी छन् ।

निर्देशक खनालकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई उनी आफैंले खिच्दैछन् । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मलाई अर्को वर्षको भदौ ११ गते प्रदर्शन गरिनेछ । फिल्ममा अर्पण थापा र देशभक्त खनालको पनि मुख्य भूमिका रहनेछ । यात्रा संस्मरण भनिएको फिल्मले लकडाउनको समयमा मलेशियाबाट आएको शव काठमाडौंबाट बाजुरासम्म पु¥याउँदाको कथा वाचन गर्नेछ ।