
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको शिक्षा सचिव गोपीनाथ मैनालीले जानकारी दिए । उनकाअनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिन्छ । बोर्ड परीक्षा सकिएको ६३ दिनमै नतिजा सार्वजनिक गरेको हो । नतिजा गत वर्षभन्दा सुधार आएको उनले बताए ।

कोभिड-१९ संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो । गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख बढी विद्यार्थी सहभागी भएका थिए । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41