सुदुरपश्चिमका सबै जिल्लाहरुमा देखिए कोरोना संक्रमित, डोटी सहित ५ जिल्लामा एकै दिन १८ जना नयाँ संक्रमित
2020/06/01, 2:35
 
korona

सुदुरपश्चिमका सबै जिल्लाहरुमा देखिए कोरोना संक्रमित देखिएका छन् । यसअघि प्रदेशका आठ जिल्लामा संक्रमित भेटिएकोमा आज डोटीमा पनि संक्रमित भेटिएका हुन । आज मात्रै १८ जना नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एक जना डोटीका रहेका छन् । डोटी सहित ५ जिल्लाहरुका संक्रमित भेटिएका हुन । 

सुदूरपश्चिममै एकैदिन १८ जना कोरोना संक्रमित थपिएका नयाँ संक्रमित मध्ये कैलालीका १४ जना रहेका छन । उनीहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन । अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यो संगै प्रदेशभित्र संक्रमितको सङख्य ४३ पुगेको छ । प्रदेश बाहिर थप दुई जनाको उपचार भईरहेको छ भने एक जना डिस्चार्ज भईसकेका छन । 

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो ।

उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन । बैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन् । जेठ नौँ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए । 

अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए ।

जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो । अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन ।

कैलालीका संक्रमित पनि भारतबाट आएका थिए। यस्तै जेठ १५ गते कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । हिजो मात्रै सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको थियो । जस्मा एक बालिकाको मृत्यु भईसकेको छ । सुदूरपश्चिममा ६ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन् ।