सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना
2021/02/04, 8:51
 
snow

अहिले सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी पहाडी भू-भागहरुमा आंशिक बदली साथै अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ ।

यस्तै, आज राति देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।