उसले भन्यो न्याय हरायो !
2021/02/06, 9:39
 
bikash

उसले भन्यो न्याय हरायो !
अब न्याय खोज्न पर्छ ।
दुखी गरिव दिन दुखिको भोक मेट्न पर्छ ।

म पनि भए खुशी सोचे तिनले जित्न पर्छ !
भोट दिन जिताए तिनलाइ मन्त्री सम्म भए ।
मीठो मीठो कुरा गर्यो म भक्त भए ।

रातदिनको उसको बयान म त भक्त भए !
जे भन्यो त्यही माने सुन्दै गए कुरा ।
उनकै लागि ज्यान दिने गर्न थाले कुरा ।

जहिले अनि जहाँ पनि गर्थे उनकै कुरा !
मेरा लागि भगवान हुन् सोच्थे सबथोक उनै ।
देउताले पठाएका सुन्दर दुत उनै ।

सोच्थे सुख ल्याउने शान्तिका अग्रदुत उनै !
दुखी भए जब देखे आस्लियत उनको ।
भरिए आँसु रोए म देखि स्वरुप उनको ।

घर दिने रोजगार दिने भाषण थियो उनको !
तर दिए धोका गरे घात कुर्सी पाएपछी ।
आफ्ना हेरे कार्यकर्ता खोजे कुर्सी पाएपछी ।

चिन्नै छोडे उनले मलाइ कुर्सी पाएपछी !
थिएन आस धेरै धेरै मात्र भोक मेट्नु थियो ।
गरेर सानो काम आफै सुखसंग बस्नु थियो ।

आएपछि शान्ती मिलेर सबै राम्ररी बस्नु थियो !
लडे आफै गरे बन्द दुख हामिलाइ दिन ।
आफू रमाइ हामिलाइ त्यही गरिबी फेरि उपहार दिन ।

ल्याइ मान्छे गरि हल्ला ठूलो भाषण दिन !
जलाए मेरो सपना गाडी खरानी भयो ।
मीठो यिनको गफ मलाइ सराफ भयो ।।