
जिल्ला प्रहरी कार्यालय बझाङको गाडी टिकटक बनाउन प्रयोग गरिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले चढ्ने ना १ झ १२७३ नम्बरको गाडी टिकटक प्रयोग गर्न प्रयोग गरिएको हो।

एक अपरिचित व्यक्तिले टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गरे टिका–टिप्पणी हुन थालेको छ। प्रहरीलाई यातायातका साधन अभाव भइरहेका बेला गाडी दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले गाडी मर्मत गर्ने ठाउँको मान्छे हुन सक्ने भनेका छन्। खड्काले शुक्रबार राति भोलि बुझेर कुरा गर्छु भनेर फोन काटेको पनि शनिबार सम्पर्क गर्दा सम्पर्कमा आएका छैनन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08