धनगढीमा खुल्यो सानदार मम
2021/02/07, 2:48
 
san

काठमाडौंका ९ वटा स्थानहरुमा सञ्चालित सानदार ममको फ्रेन्चाईजको रुपमा धनगढीमा शाखा खुलेको छ । धनगढी चौराहमा रहेको ग्लोबल आईएमई बैंक छेउमा सानदार ममको शाखा सञ्चालनमा आएको हो ।

एक कार्यक्रमकाबीच धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष बलवहादुर ऐरले शाखाको उद्धघाटन गरे । धनगढीमा पिस ग्रुपले सानदार मम भित्र्याएको सञ्चालक राजन भट्टले जानकारी दिए । 

झण्डै ७० लाखको लगानीमा सानदार ममको फ्रेन्चाईज ल्याईएको हो । सानदार ममको बफ मम सबैभन्दा बढी मन पराईएको र लोकप्रिय रहेको छ । चिकन, पनिर र भेज मम पनि उपलव्ध रहेको भट्टले बताए ।