धनगढी उपमहानगरपालिकका कार्यपालिका सदस्यले आफ्ना छोरा बुहारीलाई सिधैं घरमा राखे, पहुँचका भरमा क्वारेन्टाईन नपठाएपछि स्थानीयद्धारा विरोध
2020/06/02, 8:13
 
prem bk

धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यले आफ्ना छोरा वुहारीलाई सिंधै घरमा लगेका छन् । दाङबाट उपमहानगरपालिकाका कार्यपालिका सदस्य प्रेम विकले आएका छोरा लक्ष्मण र वुहारीलाई क्वारेन्टाईन नराखी घरमा राखेका हुन । तर यसको स्थानीयले विरोध गरेका छन् ।

भारतबाट आएकाहरु क्वारेन्टाईनमा वसेकोले त्यहाँ राख्दा वढी जोखिम हुने हुँदा घरमा होम क्वारेन्टाईनमा राखेको विकले बताए । भारत बा अन्य जिल्लाबाट आउने जो कोहीलाई अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्ने व्यवस्था छ तर विकले पहुँचको भरमा आफ्ना छोरा वुहारीलाई क्वारेन्टाईन नराखी घरमै राखेका हुन । पहुँचका भरमा क्वारेन्टाईन नपठाएपछि स्थानीयले विरोध जनाएका छन् । उनीहरुले विकको घरमा गएर विरोध जनाएका थिए । त्यहाँ प्रहरी पठाएर घर नराख्न भनेको वडा नम्बर १४ का वडाध्यक्ष रामबजारी चौधरीले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका कर्यपालिका सदस्य प्रेमबहादुर विकले  आफन्तलाई क्वारेन्टाईनमा नराखेपछि  स्थानीयले विरोध गरेका छन् । दाडबाट आएका  आफ्नै छोरा बुहारीलाई क्वारेन्टानमा राख्नुपर्नेमा घरमा ल्याई राखेपछि विरोध भएको हो ।

यसअघि भारतबाट फर्किएका  वडा नम्बर १४ अन्र्तगत  आफ्नै भदा र भदै  नाता पर्नेलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य सुशिला बुढाथोकीले आफन्तको घरमा बस्ने व्यवस्थापन गर्दा विरोध भएको थियो । र स्थानीयको विरोधपछि आफन्तकोका बस्न गाएकाहरु धनगढी फर्किएका थिए तर विकाका छोरा वुहारी भने घरमै वसेका छन् ।