कैलालीकी दीपिकासंग ‘तिमीसँगै हुने मन छ’ मा मुम्बईका हिरो, पल शाह आउट भएका हुन् ?
2021/02/11, 2:34
 
dd

मुम्बईका केही सिरियलमा अभिनय गरेका रोहित सुचान्तीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । दिवाकर भट्टराईको निर्माण तथा निर्देशन बन्न लागेको सिनेमा ‘तिमीसँगै हुने मन छ’मा मुम्बईका रोहित सुचान्तीले अभिनय गर्ने भएका हुन् ।

रोहितले ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा अभिनय गरेका छन् । रोहितले रियालिटी सो बिग बोसको १२ औं संस्करणमा पनि सहभागी थिए । रोहितले अब दीपिका प्रसाईँसँग जोडी भएर अभिनय गर्नेछन् ।

फिल्ममा कैलाली घर भएकी नायिका दीपिका प्रसाईं अनुबन्धित भइसकेकी थिइन्  ।  यसअघि भने फिल्ममा दीपिकासँग पल शाह र निराजन प्रधानले अभिनय गर्न लागेको समाचार आएका थिए । निर्देशक स्वयंले यो समाचारको पुष्टि गरेका थिए । तर, फिल्ममा मुम्बईका अभिनेताको प्रवेश भएसँगै फिल्मबाट पल अलग भएको आंकलन गर्न सकिन्छ ।

चैतको पहिलो हप्ताबाट छायांकनमा जान लागेको सिनेमामा अन्य कलाकारहरु भने केहि दिनपछि फाइनल गरिने जानकारी प्राप्त भएको छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा प्रेम कथामा आधारित हुनेछ ।निर्देशक दिवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाउँदैछन् । छायांकार, कोरियोग्राफर साथै मेकअप म्यान पनि उतैबाट आउन निर्देशकले बताउँदै आएका छन् ।