सुदूरपश्चिममा कोरोना शंकास्पद २१८ जना डिस्चार्ज, ३० जना आईसोलेसनमा भर्ना (भिडियो सहित)
2020/06/02, 8:22
 
bajura

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका दुई सय १८ जना डिस्चार्ज भएका छन् । प्रदेशभरीका १४ वटा अस्पतालबाट दुई सय १८ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालबाट ८१ जना, डडेल्धुरा अस्पतालबाट २५, बयलपाटा अस्पताल अछामबाट २१ जना र जिल्ला अस्पताल अछामबाट १५ जना डिस्चार्ज भएका छन् । 

महाकाली अस्पतालबाट १३ जना, जिल्ला अस्पताल डोटी र बझाङबाट १२, १२ जना, जिल्ला अस्पताल बैतडी र बाजुराबाट ८, ८ जना, टीकापुर अस्पतालबाट ७ जना, गोकुलेश्वर अस्पताल र भजनी स्वास्थ्य केन्द्राबाट ५५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । निर्देशनालयका अनुसार अहिले प्रदेशभरी ३० जनालाई आईसोलेसनमा भर्ना गरिएको छ ।