सुदुरपश्चिमका कोरोना संक्रमितको जानकारी दिनमा लापरवाही, जिल्ला र वडा नै अर्कै, कैलाली भनिएका चार जना डोटीका 
2020/06/02, 8:40
 
korona

सुदुरपश्चिमका कोरोना संक्रमितको सुचना दिनमा लापरवाही हुदै आएको छ । सेती प्रादेशिक अस्पतालले दिएका सुचनाहरुमा लापरवाही देखिएको हो । सोमवार नयाँ थपिएका १८ जनामध्ये कैलालीका १४ जना भनिएको थियो । तर चार जना डोटीका रहेको पाईएको छ । 

सोमवार कैलालीमा कोरोना पुष्टि भएका १४ संक्रमित मध्ये चार जनाको घर डोटी भएको खुलेको हो । १४ संक्रमित मध्ये दुई जना महिला र दुई जना पुरष डोटीका रहेका छन् । केआईसिंह डोटीका ५ बर्षीय बालक र २८ बर्षीय पुरुष तथा दुई बर्षीय बालिका र २७ बर्षीय महिलामा संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ । यसअघि उनीहरुलाई गौरीगंगा नगरपालिकाको भनिएको थियो ।

संक्रमित व्यक्तीहरुले यसअघि क्वारेन्टिनको ठेगानालाई नै स्थायी ठेगाना भनेर दिएका कारण गलत सुचना प्रवाह भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले स्वीकार गरे । उनले डोटीका चार जना पनि कैलालीकै क्वारेन्टिनमा रहेका कारण उनीहरुले कैलालीकै ठेगाना दिएको र उपचारका लागि अस्पताल ल्याएपछि उनीहरुको घर डोटी रहेको जानकारी भएको श्रेष्ठले बताए ।

यस्तै कैलालीका अन्य संक्रमितको ठेगानमा पनि त्रुटी भएको देखिएको छ । धनगढीका २५ बर्षीय संक्रमित वडा नम्वर १२ का नभएर वडा नम्वर १० का हुन । बर्दगोरियाका संक्रमित भने वडा नम्वर ५ का हुन् । यसअघि गौरीगंगा नगरपालिका वडा नम्वर ७ मा पनि संक्रमित फेला परेको भनिएकोमा अहिले वडा नम्वर २ र ४ मा मात्रै संक्रमित फेला परेको सेती अस्पतालले जानकारी दिएको छ ।

गौरीगंगा २ का १९, २१, २४, ३३, ३५ र ३६ बर्षीय पुरुष, चौमलाका ४७ बर्षीय पुरुष र गौरीगंगा ४ का २४ बर्षीय पुरुषमा सोमवार कोरोना पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । अहिले १४ जना संक्रमितलाई नै सेती अस्पतालमा ल्याईएको छ । उनीहरुको आईसोलसनमा उपचार भईरहेको छ ।