सुदुरपश्चिमका थप २१ जनामा कोरोना पुष्टि, अहिलेसम्म संक्रमितको संख्या ६४ पुग्यो
2020/06/02, 2:16
 
korona

सुदुरपश्चिमका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र धनगढीको प्रयोगशालामा गरिएका परिक्षणमा नयाँ कोरोना संक्रमित थप भएका हुन् । सुर्खेतको प्रयोगशालामा परिक्षण गरिएका नमुना मध्ये ९ जना अछामका व्यक्तीमा कोरोना पुष्टि भएको छ । यो सँगै अछाममा कोरोना पुष्टि हुने हुनेको सख्या ११ पुगेको छ । थप दुई जनाको धनगढीमा उपचार भईरहेको छ ।

आज मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटका दुई वटा क्वारेन्टाईमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कोरोना पुष्टि हुनेमा अन्य ७ जना पुरुष रहेका छन । २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष रहेका छन । उनीहरु सवै भारतबाट ९ गते कुष्कोट पुगेका थिए । 

यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी एम्बुलेन्स चालक रहेको बुझिएको छ । उनीहरु सवैको सुर्खेत प्रयोगशालामा स्वाव परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । यता धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा सुदुरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु कुन जिल्लाका हुन ? उमेर, कहाँबाट आएका हुन लगायतको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

योसँगै अहिलेसम्म सुदुरपश्चिममा संक्रमितको संख्या ६४ पुगेको छ । यो संख्या अझै बढ्ने सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि सोमबारसम्म सुदुरपश्चिममा संक्रमितको संख्या ४३ पुगेको थियो । त्यसमा आज अछाममा ९ जना थपिएका छन । उनीहरुको सुर्खेत प्रयोगशालामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । यताका थप १२ जनाको धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।