डाक्टर केसीको दार्चुलामा १८ औँ सत्याग्रह, के के हुन माग ? 
2020/06/02, 2:49
 
dr kc

डाक्टर गोविन्द केसीले विभिन्न माग राखेर दुई दिने सत्याग्रह दार्चुलामा सुरु गरेका छन । चिकित्सा शिक्षा सुधारका अभियन्ता केसीले महाकाली नगरपालिका ५ स्थित जगन्नाथ मन्दिर गल्फैमा पत्रकार सम्मेलनको आयोजना गरि सत्याग्रह सुरु गरेका हुन ।

आफ्नो १८ औं अनसनका क्रममा उनले तीन बुँदे माग अघि सारेका छन । सीमाका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डाक्टर केसीले सत्याग्रह सुरु गरेको बताएका छन् । 

यस्ता छन् मागहरुः
१) दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस ।
२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस ।
३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस । हामी सित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस् ।