कैलालीमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो
2021/02/18, 7:47
 
sadak

कैलालीको बौनिया स्थित अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ।  बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारजन तथा आफन्तले  बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए।

 तर आफ्न्तलाई नियमानुसार क्षतिपूर्ति दिने सहमतिपछि साँझ ६ बजेदेखि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक हिक्मत थापाले बताए।  राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि आवागमन प्रभावित भएको थियो।

बुधबार ५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको थियो।  

दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन। उनको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको थियो।