सुदुरपश्चिम कोरोना अपडेटः आज मात्रै २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७३ पुग्यो
2020/06/02, 3:10
 
korona

सुदुरपश्चिमका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र धनगढीको प्रयोगशालामा गरिएका परिक्षणमा नयाँ कोरोना संक्रमित थप भएका हुन् । सुर्खेतको प्रयोगशालामा परिक्षण गरिएका नमुना मध्ये ९ जना अछामका व्यक्तीमा कोरोना पुष्टि भएको छ । यो सँगै अछाममा कोरोना पुष्टि हुने हुनेको सख्या १३ पुगेको छ ।

थप दुई जनाको धनगढीमा उपचार भईरहेको छ । आज मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटका दुई वटा क्वारेन्टाईमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कोरोना पुष्टि हुनेमा अन्य ७ जना पुरुष रहेका छन । २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष रहेका छन । उनीहरु सवै भारतबाट ९ गते कुष्कोट पुगेका थिए । 

यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी एम्बुलेन्स चालक रहेको बुझिएको छ । उनीहरु सवैको सुर्खेत प्रयोगशालामा स्वाव परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । 

यता धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा सुदुरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु कुन जिल्लाका हुन ? उमेर, कहाँबाट आएका हुन लगायतको विस्तृत विवरण आउन बाँकी रहेको छ । योे सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । हिजोसम्म सुदुरपश्चिममा संक्रमितको संख्या ४५ रहेको थियो ।