धनगढीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ संचालनमा आउँदै
2021/02/19, 11:45
 
corona

धनगढीमा झण्डैै डेढ करोड लगानीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ संचालनमा आउँदै छ । बाजुराका २७ बर्षिया युवा ललित थापाले केहि दिनमा झण्डैै डेढ करोड लगानीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ संचालनमा ल्याउने बताएका छन् । 

काठमाण्डौं,पोखरा,धरान, धनकृटा, चितवन,हेटौडा सहित ५५ शाखा रहेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को फ्रेन्चाइज युवा व्यवसायी थापाले सुदूरपश्चि प्रदेशमा पहिलो पटक धनगढीमा १ करोड ३५ लाख लगानीमा शाखा विस्तार गर्न लागेका हुन् । बर्गर परिकारमा छृट्टै ब्राण्ड बनाउन सफल भएको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’का संस्थापक फाउण्डर बसन्त लामा रहेका छ।

युवा व्यवसायी थापाले एक बर्ष अघि काठमाण्डौको तिनकुनेमा आफ्नै लगानिमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ शाखा संचालनमा ल्याइ सकेका छन् भने शंकमुल दोभानमा बर्गर हाउसको शाखा खोल्ने अन्तिम चरणमा पुगेका छन् । फाल्गुनको दास्रो हप्तामा धनगढीको मेन बजारमा बर्गरका पारखीहरुलाई मध्यनजर गर्दै पारिवारीक वातानुकुल सहितको सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को शाखा संचालन गर्न लागेको संचालक थापाले बताए ।