
आफ्नै स्वामित्वको जमिन भएर पनि डडेल्धुराकोे किर्तिपुर बजारमा रहेको कृषि विकास बैंक डडेल्धुराले निजी घरमा डेढ दशकदेखि भाडामा बैंकिङ कार्यालय सञ्चालन गरेको छ ।

बैंकको ७ रोपनी जग्गा संरक्षण हुन नसक्दा आवासीय भवन जीर्ण बन्दै गएको छ भने लाखौं खर्च गरेर लगाएको तारबार र बनाएको प्रवेशद्वार पनि भत्कँदै गएको छ ।
२०६१ सालमा तत्कालिन विद्रोही माओवादीले भवनलगायत कार्यालय र कागजातहरू आगजनी गरी ध्वस्त बनाउँदा बजारमा सरेको बैंक वर्षेनी लाखौं रकम खर्च गर्दै भाडामा बस्दा साबिक जमिन गौचरणमा परिणत भएको छ ।

शान्ति स्थापना भएको डेढ दशक बितिसक्दा पनि चार दशकदेखि दर्ता रहेको सरकारी सम्पत्तिको सहि उपयोग हुन सकेको छैन ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 12:34
2021/02/07, 5:04
2021/09/06, 10:57
2023/03/25, 12:28
2020/08/25, 7:31