निर्मलाको हत्यारा कानूनी कठघरा नजिकै छ: गृहमन्त्री थापा
2021/02/20, 3:58
 
aama

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी कानूनको कठघरा नजिक आएको बताएका छन् । शनिवार नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङको विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट नदिने बताएका छन् ।

उनले भने, निर्मलाको बलात्कारी पनि कानूनको कठघरा नजिक आएको छ । म सबै अपराधीहरूलाई सचेत गर्न चाहन्छु । यो सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट दिनेछैन । मन्त्री थापाले सरकारले महिला हिंसा विरुद्ध अभियान चलाएको समेत बताएका छन् ।

 उनले भने, 'यो कार्यकालमा हामीले महिला हिंसाको विरुद्ध अभियान चलायौँ । त्यसको विरुद्ध अभियान चलायौँ । अस्ति भर्खर हाम्रा प्रधानमन्त्रीले भन्नुभयो, अपराधीहरूलाई पानीमुनि गएपनि छोड्ने छैनौं । त्यो भागरथीको सन्दर्भमा थियो, हामीले प्रधानमन्त्रीको उद्‍घोषलाई सावित गर्यौं र कानूनको कठघरामा ल्याउन सफल भएका छौं । '