निसर्ग हस्पिटलमा बझाङकी महिलाले तिम्ल्याहा शिशु जन्माईन् (भिडियो सहित)
2020/06/02, 5:52
 
aama

धनगढीमा बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन । धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा) लाई जन्म दिएकी छन ।

शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ । पहिलो शिशुको तौल २२ सय  ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ग्राम रहेको छ ।

b

अस्पतालले पहिलो र दोस्रो शिशुलाई डिस्चार्ज गरिसकेको छ भने तेस्रो शिशुमा  सामान्य समस्या भएकाले भोली सम्ममा डिस्चार्ज गर्ने तयारी रहेको उनकी सासु जुनदेवीले बताईन् । यसअघि भगवतीकी तीन छोरी छन । निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले विष्टको शल्यक्रिया गरेका थिए ।