धनगढी उप महानगरले तिर्थ यात्राका लागी पठायो ज्येष्ठ नागरिकलाई मुक्तीनाथ
2022/10/20, 6:57
 
धनगढी उप महानगरले तिर्थ यात्राका लागी पठायो ज्येष्ठ नागरिकलाई मुक्तीनाथ

धनगढी – उपमहानगरपालिकाले एक सय बढि ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ धाम पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ धाम धार्मिक तिर्थ भ्रमणमा पठाइएको हो । ज्येष्ठ नागरिलाई आराम र धार्म कर्म आवश्यक हुने हुँदा उहाँहरुलाई तिर्थ यात्रामा पठाएको उप महानगरले जनाएको छ ।
धनगढी उप महनगरपालिकाले उप महानगरभित्रका १ सय २२ जना ज्येष्ठ नागरिकलाई तिर्थ यात्रामा पठाएको छ । उनिहरुलाई बिहिबार उप महानगरका मेयर, उप मेयर सहितका जनप्रतिनिधीले टिका र खादा लगाएर बिदाई गरेका हुन् । ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रमअनुसार उनीहरुलाई तिर्थ भ्रमणमा मुक्तिनाथ पठाइएको उप महानगरले जनाएको छ । आउने पुस्ताले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस् । यहाँका ज्येष्ठ नागरिकप्रती सम्मान गर्नका लागी सो कार्यक्रम गरेको उप महानगरपालिकाका मेयर गोपाल हमालले बताए ।

‘हामीले नगरको वार्षिक नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लैजाने कार्यक्रम राखेका थियौँ । सोहीअनुसार आज हामीले उहाँहरुलाई मुक्तिनाथ पठाएका छौँ,’ हमालले भने, ‘अबको आउने पुस्ताले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस् । यहाँका ज्येष्ठ नागरिकप्रती सम्मान गर्नलाई यो कार्यक्रम गरेका हौँ ।’

प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ । उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकास प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् । भ्रमणका लागी मुक्तीनाथ जान लागेका ज्येष्ठ नागरिक निकै खुशी देखिएका छन् । यो उमेरमा परिवारिक रुपमा दर्शन गर्नुपर्नेमा उप महानगरलेनै त्यो अवशर दिएपछि उनिहरु खुशी छन् ।

धनगढीका ज्येष्ठ नागरिक हरि खातीले सरकारबाट यस्तो सम्मान पहिलो पटक पाएको बताए । हामी घरमा आरा मगर्ने मान्छे उप महानगरपालिकाले तिर्थ यात्रामा लग्दा निकै खुशी छौँ उनले भने “उप महानगर र जनप्रतिनिधीप्रती निकै आभारी छौँ यो अवशरले हामीलाई मुक्तीनाथको दर्शन र धार्मिक कुराहरु सिक्ने अवशर मिल्ने छ ।” धनगढीकै जित बहादूर बिकले पनि तिर्थ यात्राका लागी उप महानगरले पठाएपछि खुशी ब्यक्त गरे । हामी परिवारनै तिर्थ यात्रामा आफै जानुपर्ने उमेर हो उनले भने “उप महानगरले यो अवशर जुरायो मेयर साप र सबै जनप्रतिनिधीप्रती आभारी छौँ ।”

आराम गर्ने उमेरमा उप महानगरपालिकाले ज्येष्ठको सम्मान गर्दै तिर्थ यात्रामा पठाएपछि केही नयाँ कुरा सिक्ने अवशर मिल्ने ज्येष्ठ नागरिक बाबुराम न्यौपानेको अपेक्षा छ । धार्मिक क्षेत्रमा चासो राख्ने ज्येष्ठ नागरिकहरु मुक्तीनाथबाट थप धार्मिक कुरा सिकेर आउने उनि बताउँछन् ।
भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको धार्मिक भ्रमणलाई निरन्तरता दिइने जनाएको छ ।