सुदूरपश्चिममा भित्रियो निशान म्याग्नाईट, यस्ता छन् विशेषताहरु 
2021/02/24, 11:37
 
nissan

सुदूरपश्चिममा निशान म्याग्नाइट गाडी भित्रिएको छ । निशान सो रुमको आधिकारिक वितरक जिएआरएस ट्रेड कन्सर्नले सुदूरपश्चिममा  निशान म्याग्नाइट गाडी भित्र्याएको हो । 

2

धनगढीमा एक कार्यक्रमका बीच सो गाडी सार्वजनिक गरिएको छ । कैलाली उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवर र निशान सो रुमका निर्देशक अशोक पाण्डेयले संयुक्त रुपमा गाडी सार्वजनिक गरे । 

2

निशान म्याग्नाईट फरक बिशेषताका साथ नेपाली बजारमा भित्रिएको गाडी हो । जुन गाडी सुदूरपश्चिमका बजारमा पनि ल्याईएको छ । यो सीएमएफ ए प्लस प्लाटफममा लोभलाग्दो डिजाईनका कारण अगाडीको भाग थप आकर्षित रहेको गाडीमा बी प्रोजेक्टर हेडल्याम्प, एलइडी लाईट र आई सेप्ट एलइड फग ल्याम्पले अगाडीको भागलाई आकर्षक बनाएको छ ।

2

यो गाडीमा पाँच स्पिड म्यान्युयल गियर दिइएको छ भने तीन सय ३६ लिटर ईन्धन क्षमता, प्रतिलिटर १८ दशमलब ७५ किलोमिटर माइलेज र पाँच सिट क्षमता रहेको छ ।

2

नेपाली बजारमा यो गाडी ओन्याक्स व्ल्याक, स्ट्रोम सेता, ब्राउन, सिल्भर लगायतको कलरमा रहेको छ । गाडीको मुल्य २९ लाख ५० हजारदेखि रहेको निशान सो रुमका निर्देशक पाण्डेयले जानकारी दिए ।