भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका  झण्डै ५५ हजार सुदुरपश्चिमका क्वारेन्टाईनमा (भिडियो सहित)
2020/06/03, 7:07
 
korona

सुदूरपश्चिममा कोरोना भाईरस (कोभिड–१९) को जोखिममा रहेका ५४ हजार सात सय बढीलाई क्वारेन्टाईनमा राखिएको छ । भारतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५४ हजार सात सय ५७ जनालाई विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाईनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

क्वारेन्टाईनमा राखिएका मध्ये ४७ हजार दुई सय ८९ जना पुरुष र सात हजार चार सय ६८ जना महिला रहेका छन् । सबैभन्दा बढी कैलालीमा १४ हजार ६ सय ७५  जना, कञ्चनपुरमा सात हजार नौँ सय ७९ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

डोटीमा आठ हजार एक सय ४३, बैतडीमा पाँच हजार ६ सय ८ जना, अछाममा पाँच हजार ६ सय २३ जना, डडेल्धुरामा चार हजार पाँच सय २१ जना, बझाङमा दुई हजार नौ सय २३ जना, बाजुरामा तीन हजार आठ सय ३४ जना, दार्चुलामा एक हजार चार सय ५१ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका रहेका छन ।