सुदूरपश्चिमका २२५ जना कोरोना शंकास्पद बिरामी डिस्चार्ज, ४४ जनालाई आईसोलेसनमा भर्ना (भिडियो सहित) 
2020/06/03, 7:18
 
korona

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका दुई सय २५ जना डिस्चार्ज भएका छन् । प्रदेशभरीका १४ वटा अस्पतालबाट अहिलेसम्म दुई सय २५ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ८३ जना, डडेल्धुरा अस्पतालबाट २६, बयलपाटा अस्पताल अछामबाट २१ जना र जिल्ला अस्पताल अछाम र महाकाली अस्पतालबाट १५, १५ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल डोटी र बझाङबाट १२, १२ जना, टीकापुर अस्पतालबाट ११, जिल्ला अस्पताल बैतडी र बाजुराबाट ८, ८ जना, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५, ५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । निर्देशनालयका अनुसार अहिले प्रदेशभरी ४४ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ ।