नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाका कारण संसदीय व्यवस्था धरापमा परेको बताएका छन् । प्रेस युनियन जिल्ला शाखा कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता साँउदले नेकपाको आन्तरिक किचलो लाई नेपाली काँग्रेसले धर्यताका साथ कसरी अगाढी बढ्छ भन्ने कुरा हेरिरहेको बताए । नेपाली काँग्रेसलाई नेकपाका दुबै अध्यक्षले पटक पटक सरकारको नेतृत्व काँग्रेस लाई लिन आग्रह गरे पनि आफुहरुले सरकारमा जानलाई तेती महत्व नदिएको उनको भनाई छ ।
सत्ता साझेदारी आफुहरुले व्यक्ती सँग नगर्ने बताउदै नेता साउदले नेकपा विभाजन पछि आफुहरुको निति कार्यक्रम र योजना जो संग सहमती हुन्छ त्यो संग मात्र सहकार्य हुने बताए ।
यसअघि पनि उनले कञ्चनपुरमा काँग्रेस क्षेत्र नम्बर २ को समन्वयमा सहिद मदनलाल शास्त्री, निर्मल ओझा र गंगादत्त जोशी स्मृति पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा नेता साउदले तत्काल काँग्रेस सत्तामा नजाने बताएका थिए।